२६ बैशाख २०८१, बुधबार

शनिवारको मौसम यस्तो रहनेछ

प्रकाशित मिति :  27 April, 2024 6:58 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शनिवार बिहानीपख कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरणका लागि यहाँ क्लिक गर्नसक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !