२२ बैशाख २०८१, शनिबार

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना, लुम्बिनी प्रदेशमा हावाहुरी

प्रकाशित मिति :  25 April, 2024 7:28 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना समेत रहेकोले यसबाट त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !