४ कार्तिक २०८३, मंगलबार

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

प्रकाशित मिति :  28 March, 2024 3:51 pm


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्।

बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

उपाध्यक्ष अर्याल माओवादी केन्द्रबाट २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्। नयाँ सत्ता गठबन्धनमा पदको भागबण्डाका कारण उनले राजीनामा दिएकी हुन्।

माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष बनिसकेका छन्। अध्यक्ष पद आफ्नो भागमा परेपछि माओवादीले उपाध्यक्ष पद छाडेको हो।



प्रतिक्रिया दिनुहोस !