१२ कार्तिक २०८३, बुधबार

जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न, १२० जनाको सहभागिता

प्रकाशित मिति :  28 October, 2026 7:46 am


काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स मंगलबार सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले कन्फ्रेन्सको उद्घाटन गरेका थिए । एकदिने कन्फ्रेन्समा १२० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन (जीटीटीएफ) का अध्यक्ष जुन लीले कन्फ्रेन्स सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनओसी अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङ राम्रो खेलाडी उत्पादन गर्ने संस्थाका रूपमा स्थापित भएको बताए । उनले कन्फ्रेन्सले सहभागीको आत्मविश्वास वृद्धि गर्न पनि सहयोग पुग्ने धारणा व्यक्त गरे ।

वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरियाबाट आएका अध्यक्ष लीसहित सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा जीटीटीएफकी उपाध्यक्ष हियोक ली र जीटीटीएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !