१ पुस २०८२, मंगलबार

नाडा अटो शो २०२३ मा पाँचसय बढी टाटा टियागो इभीको बुकिङ

प्रकाशित मिति :  18 September, 2023 12:31 pm


काठमाडौँ । नाडा अटो शो २०२३ मा टाटा मोटर्सका गाडीहरूको बुकिङ उल्लेख्य रूपमा भएको छ। कम्पनीका अनुसार प्रदर्शनीमा सार्वजनिक गरिएको टाटा टियागो इभीका साथै टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको पनि बुकिङ भएको छ।

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले १५ औं संस्करणको नाडा अटो शो २०२३ मा उत्कृष्ट प्रदर्शन गरेको बताएको हो।

विशेषतः सुरुवाती मूल्य २१ लाख ९९ हजारमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा पाँच सय भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ। साथै, नाडा अटो शोमै सार्वजनिक गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले नाडा अटो शोमा अवलोकनकर्ता र ग्राहकहरूको उत्साहले आफूहरूमा पनि उत्साह र उर्जा थपेको बताएका छन्।

उनले टाटा मोटर्सको गाडीहरूप्रति मानिसहरूको चासो र बुकिङ समेत उल्लेख्य भएको सन्दर्भमा आफूहरूले बजारले खोजेको जस्तै गाडी भित्र्याएको महशुस गरेको बताए। साथै भविष्यमा बजारको माग अनुसार नै गाडीहरू भित्र्याउनेमा उनले प्रतिबद्धता जनाए।



प्रतिक्रिया दिनुहोस !