४ कार्तिक २०८३, मंगलबार

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

प्रकाशित मिति :  8 December, 2023 11:51 am


काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ।

आयोगले आज (शुक्रबार) एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।

आयोगले जारी गरेको सूचनाअनुसार पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। पुस १६ गते निर्वाचनका लागि सातवटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ।

आगामी फागुन २० गतेबाट नेपाली कांग्रेसका ४, नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।



प्रतिक्रिया दिनुहोस !