३ जेष्ठ २०८१, बिहिबार

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति

प्रकाशित मिति :  28 February, 2024 11:56 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गरेका छन् ।

बुधवार केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताए । उनले कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको बताए । उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएकोमा असहमति रहेको बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुंग्याएकोप्रतिपनि आफ्नो असहमती रहेको उनले उल्लेख गरे ।

उनले आफ्नो असहमतीका बुँदाहरू स्थायी कमिटी सदस्यहरुलाई बाँडिदिएको बताए । उनले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमती राख्न पाइन्छ भनेर सकारात्मक रूपमा लिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !