२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्रीको दाबीः संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको छ

प्रकाशित मिति :  28 February, 2024 3:54 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद र संसदीय समितिले दिएको निर्देशनहरूलाई सरकारले उच्च महत्व दिएर प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।

बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले समितिका सांसदहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपमा लिने पनि बताए ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताए । प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकी कानुनहरूको निर्माण कार्यलाई अघि बढाएको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरू कार्यान्वयन गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !