२ जेष्ठ २०८१, बुधबार

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै बिरोध प्रदर्शन

प्रकाशित मिति :  28 February, 2024 4:03 pm


काठमाडौँ । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बिरोध प्रदर्शन गरेको छ ।

बुधवार डिल्लीबजारमा भेला भइ उनीहरूले भद्रकालीमा पुगि आन्दोलन गरेका हुन् । उनीहरूले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र खुला गर्, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर्, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर्, राष्ट्रिय मुक्ति क्रान्ती, हामीलाई रोक्ने तिमी को हो रु गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !