३ जेष्ठ २०८१, बिहिबार

गठबन्धन पाँच वर्ष नै टिक्छ : रक्षामन्त्री खड्का

प्रकाशित मिति :  1 March, 2024 2:06 pm


काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् ।

शुक्रवार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दावी गरे ।

उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । उनले आफूले कर्णालीलाई केन्द्रमा पु¥याउने कुरा नबिर्सिएको बताउनु भयो । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भनेृ, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन । यो गठबन्धन मुलभुत उद्देश्यसहित सडकदेखि शुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छाँै भनेको हो । कर्णालीलाई केन्द्रमा पु¥याउनेकुरा बिर्सिएका छैनौँ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताए । उनले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताए ।

उनले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !