३ जेष्ठ २०८१, बिहिबार

फागुन २१ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रकाशित मिति :  1 March, 2024 2:48 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । नेकपा एमाले सहित विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै सरकार संसदप्रति उत्तरदायी नभएको भन्दै प्रधानमन्त्रीको खोजी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !