१२ श्रावण २०८१, शनिबार

छ प्रदेशमा शनिवार हल्कादेखि मध्यम वर्षा हुने, उच्च पहाड र हिमालमा हिउँ पर्ने

प्रकाशित मिति :  2 March, 2024 7:24 am


काठमाडौँ। आगामी २४ घण्टामा छ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार शनिवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम बर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।

वर्षा र हिमपातका कारण् दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ  क्लिक गर्नुहोला।  



प्रतिक्रिया दिनुहोस !