३ जेष्ठ २०८१, बिहिबार

सरकार-मिटरब्याज पीडित वार्ता आज पनि

प्रकाशित मिति :  2 March, 2024 8:22 am


काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज (शनिवार) पनि वार्ता हुने भएको छ । शुक्रवारको वार्ताको निरन्तरता स्वरुप आज पुनः वार्ता हुने भएको हो ।

आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास संघर्ष समितिको छ । सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समितिले वार्ता गरिरहेकोछ ।

काठमाडौँमा दैनिक आन्दोलन गरिरहेका मिटरब्याज पीडित २३ दिन हिँडेर काठमाडौँ आइपुगेका हुन्।

सडकदेखि संसदसम्म मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारलाई दबाब दिइँदै आइएको छ।



प्रतिक्रिया दिनुहोस !