२ जेष्ठ २०८१, बुधबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  4 March, 2024 8:57 am


काठमाडौँ। संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८० पेश गर्ने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।

आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । कार्यसूचीमा प्रतिपक्ष दलहरुले उठाएको समसामयिक विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने समेत छ ।

दिउँसो सवा एक बजेबाट शुरु हुने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेस गर्ने, नवनिर्वाचित सदस्यहरुको स्वागत तगा सदस्यहरुबाट सभामा अपेक्षा प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !