२ जेष्ठ २०८१, बुधबार

सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी

प्रकाशित मिति :  4 March, 2024 10:37 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तयारीमा रहेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै रास्वपा पनि सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने स्रोतले जनाएको छ ।

सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालले आजै वर्तमान मन्त्रिपरिषद खाली गरेर एमाले र रास्वपासहितको नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन् । स्रोतका अनुसार पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी छ ।

मन्त्रालयको बाँडफाँड नटुंगिएपनि एमाले र माओवादीबाट पदम गिरी र वर्षामान पुन मन्त्री बन्दा रास्वपाले सभापति सरकारमा जाने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !