२ जेष्ठ २०८१, बुधबार

कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो, एमालेसहितको मन्त्रिपरिषद आजै गठन हुने

प्रकाशित मिति :  4 March, 2024 10:37 am


काठमाडौँ । गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिपरिषद आजै गठन हुने भएको छ ।

नेपाली काङ्ग्रेस सँगको गठबन्धन भत्किएसँगै माओवादी केन्द्र, एमाले, स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार आजै गठन हुने भएको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् ।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ । गठबन्धनको सरकारमा एमाले संसदीय दलका प्रमुख सचेत पदम गिरिको नेतृत्वमा सरकारमा पठाउन लागेको हो। तर गिरिले कुन मन्त्रालय पाउने भन्ने विषय तय भइसकेको छैन।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्दैछन् ।



प्रतिक्रिया दिनुहोस !