२ जेष्ठ २०८१, बुधबार

संसद बैठक २४ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  4 March, 2024 11:33 am


काठमाडौँ । आजका लागि तय भएको संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर सरकारमा रहेका सबै मन्त्री हटाएर पछि स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर फागुन २४ गतेसम्मका लागि स्थगित भएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !