१६ बैशाख २०८१, आइतबार

नेपाल पे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्न सकिने

प्रकाशित मिति :  4 March, 2024 12:09 pm


काठमाडाैँ । पाेखरामा हालै खोलिएका पाँचवटा स्टोरहरूमा ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टको भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन्।

उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरूमा फागुन १९ गतेदेखि चैत १७ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

पोखरामा रहेका बिगमार्टका स्टोरहरूमा ७५० रूपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिने बताइएको छ।

ग्राहकहरूले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक प्रायः विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

नेपाल पे क्युआर नेशनल पेमेन्ट स्विचअन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो।



प्रतिक्रिया दिनुहोस !