१२ श्रावण २०८१, शनिबार

यो गठबन्धन लामो समय जाँदैन, कुनै पनि बेला भत्किन सक्छः श्याम श्रेष्ठ

प्रकाशित मिति :  5 March, 2024 6:30 pm


काठमाडौँ । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनै पनि बेलामा भत्किन सक्ने दाबी गरेका छन्। नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताएका हुन्।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले विचार र मुद्दाहरूमा गतिलो छलफल नगरी सत्ताको लागि मात्रै गठबन्धन गरिकाले कुनै पनि बेलामा भत्किने बताएका हुन्। गठबन्धन बनाउँदा विचार, सिद्धान्त र रणनीतिमा कुनै छलफल नभएको उनले बताए।

केवल सत्ताको बाँडफाँटमा केन्द्रित रहेर गठबन्धन गरिएको भन्दै मन्त्रालयको भागबण्डा नमिल्नासाथ गठबन्धनमा झगडा सुरू हुने उनको दाबी छ। उनले वर्तमान गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाध्यता र आवश्यकताको उपज भएको उल्लेख गरे ।

श्रेष्ठले विचार र सिद्धान्त नमिलिकन गठबन्धन त नटिक्ने भन्दै एमाले–माओवादी केन्द्र बिचको एकता टाढाको कुरा भएको टिप्पणी गरे। उनले एमाले–माओवादी केन्द्रको एकता नहुने दाबी गरे। उनले विगतमा एमाले–माओवादीले वृहत छलफल बिना एकता गर्दा पार्टी फुटेको उदाहरण दिँदै अहिले पनि उनीहरुले पुरानै गल्ती दोहोर्‍याएको बताए।

अगुवा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गठबन्धन फेर्नु ठिक नभएको बताए। प्रधानमन्त्री दाहालले पहिले सहकार्य त्यागेको एमालेसँग अहिले गठबन्धन गर्दा गलत सन्देश गएको पनि उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !