२५ बैशाख २०८१, मंगलबार

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  6 March, 2024 3:37 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले राप्रपाले आन्दोलन सुरू गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरूको लागि अनुकुल बन्दै आएको बताए ।

उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए । उनले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए ।



प्रतिक्रिया दिनुहोस !