२५ बैशाख २०८१, मंगलबार

गृहबाट जाँदाजाँदै नारायणकाजीले भने: मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नहोस्

प्रकाशित मिति :  6 March, 2024 4:00 pm


काठमाडौँ । निःवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताएका छन् ।

बुधवार गृह मन्त्रालयबाट बिदाई हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरुलाई न्याय दिनको निम्ति सकारात्मक भुमिका खेलेको बताए । उनले आयोग र कानून बनाउँदै सरकार अगाडी बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडी बढाइएको बताए ।

उनले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताए । उनले यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनि सचेत पनि बताए । उनले पीडितलाई न्याय दिने काम निरन्तर रुपमा अगाडी बढाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले संघीयता र प्रहरी समायोजन नगर्ने कुरा साथसाथै जान नसक्ने भन्दै प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए । उनले बुद्धिमता ढंगले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !