७ बैशाख २०८१, शुक्रबार

२५६४ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा पाठपूजा (फोटोफिचर)

प्रकाशित मिति :  7 May, 2020 1:13 pm


रुपन्देही , २५ वैशाख ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज विहान पाठपूजा गरिएको छ ।

विहान ६ बजेदेखि ७ बजेसम्मको अवधिमा २५ जना बौद्ध भिक्षु /भिक्षुणीहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा पूजा गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण अन्तराष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीको औपचारिक कार्यक्रम स्थगित गरेको कोषले सीमित सहभागितामा पाठपूजा गरेको हो ।

आज बेलुकी कोषले लुम्बिनी गुरुयोजना क्षेत्र भित्र र बाहिर उपलब्ध स्वदेशी तथा विदेशी भिक्षु /भिक्षुणी तथा लामा गुरु /गुरुमाहरुको सीमित सहभागितामा विश्व शान्तिको कामना गर्दै प्रार्थना तथा दीप प्रज्वलन गर्दै छ ।

कार्यकारी सदस्य ज्ञवालीले विश्वभर फैलिएको कोरोनाको लडाईमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको सम्मानमा र मृतकहरुको सम्झनामा दीप प्रज्वलन गर्न लागिएको जानकारी दिए ।

उनले भने,‘सरकारले पनि दीप प्रज्वलनका लागि सबैलाई आव्हान गरेको छ त्यसै योजना अनुसार कोषले पनि दीप प्रज्वलन गर्दैछ र विहान पाठ पूजा गरेयौं ।’

लुम्बिनीमा हुने दीप प्रज्वलन कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल पनि सहभागि हुने ज्ञवालीले जानकारी दिए ।

मायादेवी मन्दिर परिसरमा गरिएको पाठपूजा(फोटो सौजन्यः राजेश ज्ञवाली)



प्रतिक्रिया दिनुहोस !