१७ बैशाख २०८१, सोमबार

महिला र किशोरीहरूको लागि समान अधिकार आवश्यकः संयुक्त राष्ट्र प्रमुख

प्रकाशित मिति :  8 March, 2024 2:26 pm


काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला र किशोरीहरूको लागि समान अधिकार आवश्यक रहेको बताएका छन्। एक भिडियो सन्देशमार्फत उहाँले महिला र किशोरीहरुको अधिकार पनि पुरुष सरह हुनुपर्ने बताएका हुन् ।

हरेक वर्ष मार्च ८ मा महिला दिवस मनाइन्छ । उनले समानताको लडाइमा महिलाहरूले गरेका आन्दोलनहरू प्रशंसायोग्य रहेको बताए । उनले प्रगतिलाई अझ न्यायपूर्ण र समानतातर्फ अघि बढाउन आवश्यक रहेको बताए । उनले विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी भएको भन्दै यसलाई समानतातिर लैजानुपर्ने बताए ।

उनले महासंघ महिलाका हक र अधिकारको सुनिश्तिताका लागि साथमा रहेको बताए । उनले व्यापार, वित्त, केन्द्रिय बैंक र अर्थ मन्त्रालयमा पनि महिला नेतृत्वको संख्या बढाउन आवश्यक रहेको बताए । महिला र किशोरीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति र कार्यक्रमहरूमा लगानी बढाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !