६ जेष्ठ २०८१, आइतबार

शनिवार मौसम सामान्यतया सफा, दुई प्रदेशका उच्च पहाड र हिमाली भेगमा हल्का हिमपात हुने

प्रकाशित मिति :  9 March, 2024 7:35 am


काठमाडौँ। शनिवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राती पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !