६ जेष्ठ २०८१, आइतबार

लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्छः मन्त्री भण्डारी

प्रकाशित मिति :  10 March, 2024 8:20 am


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भण्डारीले अहिलेका कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको चर्चा गरेका हुन्।

उनले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानूनहरुमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताए। उनले निजी क्षेत्र उत्साहीत नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने भएकाले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताए।

मन्त्री भण्डारीले भने, “अहिलेका हाम्रा कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नुपर्नेछ । हामी भन्छौँ, लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानीमैत्री वातावरणको पहिलो आधार अहिले हामीले हाम्रा विद्यमान कानूनहरुमा हामीले सुधार ल्याउनुपर्नेछ । संशोधन ल्याउनुपर्नेछ ।”

मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरु कायम रहेको जिकिर गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !