१७ बैशाख २०८१, सोमबार

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

प्रकाशित मिति :  10 March, 2024 1:29 pm


काठमाडौँ । भारतमा खाना पकाउने ग्यासको मूल्य घटेकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका हुन् ।

द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !