६ जेष्ठ २०८१, आइतबार

ग्लोवल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक

प्रकाशित मिति :  10 March, 2024 1:53 pm


काठमाडौँ । ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौँमा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको हो ।

बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरू समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !