६ जेष्ठ २०८१, आइतबार

पुँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ: अध्यक्ष मल्ल

प्रकाशित मिति :  10 March, 2024 4:40 pm


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् ।

चालु खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हाँसिल हुन नसकेको अध्यक्ष मल्लले बताएका हुन् ।

नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने, “चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च २५ प्रतिशत सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधी अपेक्षित रूपमा बढ्न सकेको छैन, त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ, ।”

सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाइ छ ।

अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रर्वद्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेत्रमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !