६ जेष्ठ २०८१, आइतबार

झापाको मेचीनगरको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

प्रकाशित मिति :  11 March, 2024 10:47 am


सांकेतिक फाेटाे

काठमाडौँ। झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ४ बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

बिहान ४ बजेदेखि लागेको आगो ८ वटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको केसीले जानकारी दिए । उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै जानकारी नआएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।



प्रतिक्रिया दिनुहोस !