६ जेष्ठ २०८१, आइतबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  11 March, 2024 11:29 am


काठमाडौँ । आज सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्य स्थिर रही तोलाको एक लाख २६ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघको विवरण अनुसार तेजावी सुनको मूल्य तोलाको एक लाख २५ हजार ४०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !