१९ माघ २०८२, सोमबार

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

प्रकाशित मिति :  12 March, 2024 1:33 pm


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो। नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ।

राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।



प्रतिक्रिया दिनुहोस !