६ जेष्ठ २०८१, आइतबार

उच्च पहाड र हिमालमा हल्का हिमपात हुन सक्ने, बाँकी स्थानमा मौसम सफा रहने

प्रकाशित मिति :  13 March, 2024 7:21 am


काठमाडौँ। बुधवार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भिवागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !