१२ श्रावण २०८१, शनिबार

संघीय सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

प्रकाशित मिति :  7 May, 2020 2:40 pm


काठमाण्डौं , २५ वैशाख ।

जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

नीति तथा कार्यक्रम पेश हुनुअघि वैशाख २८,२९ गते प्रि बजेट छलफल हुने गरि कार्यतालिका तय भएको संघीय संसद सचिवालयले जनाएको  छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिएका छन् ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। भोलीदेखि संघीय संसदको बैठक सुरु हुँदैछ । कारोनाको संक्रमणका कारण भौतिक दुरी कायम गरेर बैठक सञ्चालन हुने छ । आज कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब नमूना परीक्षण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !