६ जेष्ठ २०८१, आइतबार

सहकारी ठगिमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्रलाई कारबाही गर्न सांसद यादवको माग

प्रकाशित मिति :  14 March, 2024 1:09 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगि र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको बिरुद्धमा जनताहरु सडकमा उत्रिने बताए । उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे ।

उनले भने, “हामी देशमा सुशासन, समृद्धि चाहन्छौँ । हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ । यो देश तस्करीहरुको देश नबनोस् । यो देश भ्रष्टाचारीहरुको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरुको देशको रुपमा परिचित नहोस् । सहकारी ठगि र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।”

उनले गर्मी मौसममा आगलागीका घटनाहरू हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !