६ जेष्ठ २०८१, आइतबार

संघीय निजामती सेवा विधेयक संसद‍्मा पेस

प्रकाशित मिति :  14 March, 2024 1:57 pm


फाइल फाेटाे।

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखि तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले निजामती कर्मचारीलाई राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामुलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए ।

मन्त्री जोशीले निर्माणमुुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव पनि संसदमा प्रस्तुत गरेका थिए । सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।



प्रतिक्रिया दिनुहोस !