६ जेष्ठ २०८१, आइतबार

देशका समस्याको समाधान गर्नु सबै दलहरूको साझा दायित्व हो: ठाकुर गैरे

प्रकाशित मिति :  14 March, 2024 2:33 pm


काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरू साझा समस्या भएका बताए ।

उनले ती समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताए । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भूमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष हुँदा कुनै समस्याहरूमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

सांसद गैरेले आगामी दिनमा कम्युनिस्ट पार्टीहरूका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !