६ जेष्ठ २०८१, आइतबार

एमाले र माओवादी कम्युनिष्ट हुन् भने पुँजीवादी सरकारमा जानु हुँदैन थियोः प्रेम सुवाल

प्रकाशित मिति :  14 March, 2024 4:46 pm


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जान नहुने बताएका छन् ।

संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भए पनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताए । उनले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताए ।

उनले भने, ‘राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुन्छ । एमाले र माओवादी आफूलाई कम्युनिष्ट भन्छन् तर मजदुर किसानको लागि वकिल भएर काम गरेको देखिँदैन । एमाले र माओवादी साँच्चै कम्युनिष्ट हुन् भने यो पुँजीवादी सरकारमा जान नहुने हो ।’

सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भए पनि कम्युनिष्टहरुको सिद्धान्तमा नहिँडेको बताए ।



प्रतिक्रिया दिनुहोस !