६ जेष्ठ २०८१, आइतबार

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

प्रकाशित मिति :  14 March, 2024 5:58 pm


काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !