१६ बैशाख २०८१, आइतबार

नेपाली कला क्षेत्रलाई अवहेलना गरियोः अध्यक्ष केसी

प्रकाशित मिति :  15 March, 2024 7:56 am


काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताएका छन्।

बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताए।

कलाकारलाई देशको गहना भन्ने गरिएपनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको उनको भनाइ छ। निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको केसीको भनाइ छ।

केसीले भने, “हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ । भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ । यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन । यो बडो दुःखका साथ भन्नुपर्छ । यस्तो भव्य कार्यक्रमले, संसारभरका फिल्म मेकर्स आउनुभएको छ, यो कार्यक्रम जति हेर्दा सजिलो लाग्छ कार्यक्रम आयोजना कति गाह्रो छ भन्नेकुरा कल्पना भन्दा बाहिर छ ।”

अध्यक्ष केसीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !