६ जेष्ठ २०८१, आइतबार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  15 March, 2024 9:27 am


काठमाडौँ । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पती शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेर १५ मिनेटमा राष्ट्रियसभा बैठकमा सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !