१२ श्रावण २०८१, शनिबार

रोल्पाको सिर्पमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्रकाशित मिति :  7 May, 2020 5:00 pm


रोल्पा, २५ वैशाख ।

रोल्पाको सिर्पमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

विहान परेको चट्याङ् लागेर लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहदुर पुनको मृत्यु भएको हो ।

बिहान घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुबै जनाको घटना स्थलमै मृत्यु भएको लुंग्री गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर खड्काले जानकारी दिए ।

विक र पुन दुबै छिमेकी रहेको खड्काले बताए । अध्यक्ष खड्काले चट्याङ लागेर विकको बाख्राको एउटा पाठो समेत मरेको जानकारी दिए । पोष्टमार्टमका लागि दुबै जनाको शव सुलीचौर अस्पताल ल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस !