४ जेष्ठ २०८१, शुक्रबार

दूध किसानको बक्यौता तिर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय

प्रकाशित मिति :  15 March, 2024 2:04 pm


काठमाडौँ । दुग्ध किसानको बक्यौता भुक्तानीको प्रक्रिया अघि बढेको छ । अर्थमन्त्री वर्षमान पुनले (शुक्रवार) आज सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थमन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको छ ।

किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो। तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन। मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन्।

लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् । हाल यो रकमले केही राहत विश्वास मन्त्री साहले गरेकी छन् ।

अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयबीच पशुपन्छी बिमावापतको ४८ करोड भुक्तानी दिने सहमति पनि बनेको छ ।



प्रतिक्रिया दिनुहोस !