६ जेष्ठ २०८१, आइतबार

युवाहरूलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छः ओली

प्रकाशित मिति :  15 March, 2024 4:42 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गरेका छन् ।

आज (शुक्रवार) सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति रहेको बताए । उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए ।

उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए । उनले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताए ।

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशिलताको प्रवृत्ति जगाउने, उद्यमशिलताको विकास हुने, उद्यमशिलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !