६ जेष्ठ २०८१, आइतबार

पार्टी सभापतिबिरुद्ध कुनै उजुरी परेको छैनः श्रममन्त्री आर्याल

प्रकाशित मिति :  15 March, 2024 5:40 pm


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएकी हुन् । उनले सहकारी सम्बन्धी केही प्रश्नहरू गृहमन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन आग्रह गरे । उनले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्नेकुरा राम्रो नरहेको बताए ।

उनले भने, “हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्युप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरुलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहीँ कहाँ लागेको छ । कसले लगाएको छ रु राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरुले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छाैँ ।”
उनले कुनै राजनीतिक दलका नेताहरुले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए ।



प्रतिक्रिया दिनुहोस !