६ जेष्ठ २०८१, आइतबार

काँग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैनः अर्थमन्त्री पुन

प्रकाशित मिति :  15 March, 2024 6:02 pm


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभई नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क समेत गरे ।

शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली काँग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो । संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समिकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर नेपाली काँग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए ।

उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !