६ जेष्ठ २०८१, आइतबार

कांग्रेसको संसद् अवरोध सरकार छोड्नुपर्दाको पीडा: प्रमुख सचेतक बर्तौला

प्रकाशित मिति :  15 March, 2024 9:54 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबारको कांग्रेसले गरेको संसद् अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रूपमा चित्रण गरेका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए । उनले कांग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताए ।

प्रमुख सचेतक बर्तौलाले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे । उनले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याउन सक्नुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसद् अवरोध गर्दा महत्त्वपूर्ण विधेयकहरूमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताए ।



प्रतिक्रिया दिनुहोस !