४ जेष्ठ २०८१, शुक्रबार

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

प्रकाशित मिति :  17 March, 2024 7:06 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतवार बिहानीपख देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

आइतवार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !