१२ श्रावण २०८१, शनिबार

बुद्ध जयन्तीको अवसरमा देशभर दीप प्रज्वलन

प्रकाशित मिति :  7 May, 2020 7:53 pm


दीप प्रज्वलनपछि सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली बौद्ध भिक्षु /भिक्षुणीसँग । फोटोः प्रधानमन्त्रीको सचिवालय

काठमाण्डौं, २५ वैशाख ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा आज साँझ देशभर दीप प्रज्वलन गरिएको छ ।

सरकारको आग्रहमा आज दीप प्रज्वलन गरिएको हो । सरकारले यस बर्ष कोरोनाका कारण बुद्ध जयन्ती सम्बन्धि औपचारिक कार्यक्रम स्थगित गरेर दीप प्रज्वलनका लागि आव्हान गरेको थियो ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले कोरोना महामारी बिरुद्धको लडाईंका अग्र भागमा खटिरहेका चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मान स्वरुप र संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभका लागि, मृत्युवरण गरेकाहरुको शान्तिका लागि आज साँझ ७ बजे दीप प्रज्वलन गर्न औपचारिक आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देशसहित दीप प्रज्वलनको आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले पनि प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरेका उनको सचिवालयले जनाएको छ ।

यस्तै विश्वभर कोरोना संक्रमण छिटो अन्त्य होस भन्दै विश्व शान्तिको कामना सहित भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि दीप प्रज्वलन गरिएको छ । मायादेवी मन्दिरमा विहान पाठपूजा गरिएको थियो ।

विहान ६ बजेदेखि ७ बजेसम्मको अवधिमा २५ जना बौद्ध भिक्षु भिक्षुणीहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा पूजा गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण अन्तराष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीको औपचारिक कार्यक्रम स्थगित गरेको कोषले सीमित सहभागितामा पाठपूजा गरेको हो । आज बेलुकी कोषले लुम्बिनी गुरुयोजना क्षेत्र भित्र र बाहिर उपलब्ध स्वदेशी तथा विदेशी भिक्षु भिक्षुणी तथा लामा गुरु गुरुमाहरुको सीमित सहभागितामा विश्व शान्तिको कामना गर्दै प्रार्थना तथा दीप प्रज्वलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !