१७ बैशाख २०८१, सोमबार

सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति :  17 March, 2024 1:29 pm


काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आइतबार प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेसँगै कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिइएको स्रोतले जनाएको छ ।

जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

यस्तै, गृहमन्त्री लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !