१७ बैशाख २०८१, सोमबार

तोलामा ४०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रकाशित मिति :  17 March, 2024 11:30 am


काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँ घटेर तोलाको एक लाख २५ हजार रुपैयाँ कारोबार मूलय तकिइएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २४ हजार ४०० रुपैयाँ कारोबार मूल्य ताकिएको छ ।

महासंघको विवरण अनुसार आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !